२०८१ असार १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः सेपाकताक्रो पुरुष डबलमा रजत


पोखरा, असोज ३० । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा सम्पन्न सेपाकताक्रो पुरुष डबलतर्फ प्रदेश १ ले रजत पदक जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा प्रदेश १ विभागीय टिम नेपाली सेनासँग पराजित भयो ।

यसअघि सेनाले गण्डकी प्रदेशलाई र प्रदेश १ ले बागमती प्रदेशलाई पराजित गरेर फाइनलमा प्रवेश गरेका थिए ।

No description available.

महिला र पुरुषको फरक–फरक ३ विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नम्बर १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer