२०८१ असार १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः सफ्ट टेनिसमा युकेशको स्वर्ण


पोखरा, असोज ३० । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश १ ले दोस्रो स्वर्ण पदक प्राप्त गरेको छ ।

सोमबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको सफ्ट टेनिस पुरुष सिंगलमा प्रदेश १ ले स्वर्ण पदक जितेको हो ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ प्रदेश १ का युकेश योञ्जनले बाग्मती प्रदेशका प्रदिप खत्रीलार्ई ४–१ सेटले पराजित गरे ।

युकेशले सेमिफाइनलमा बाग्मती प्रदेशका निर्मल स्थापितलाई ४–० ले हराउँदै फाइनलको यात्रा तय गरेका थिए ।

पूर्वाञ्चलमा भएको सातौँ राष्ट्रिय खेलकुददेखि टेनिसमा प्रतिस्पर्धा गरिरहेका युकेशले सातौँमा कास्य, राखेपको प्रतिस्पर्धमा स्वर्ण र आठौँ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए ।

No description available.

त्यस्तै, महिला सिङ्गलतर्फ प्रदेश १ की श्रेया योञ्जनले कास्य पदक जितिन् । श्रेयाले गन्डकी प्रदेशकी अदिति पराजुलीलाई हराउँदै कास्य पदक जितेकी हुन् । सिंगलमा पदक जितेका युकेश र श्रेया डबलमा समेत प्रतिस्पर्धा गर्नेछन् ।

योञ्जन प्रदेश १ बाट स्वर्ण जित्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि पौडीका विकास कुमालले स्विमिङको ५० मिटर ब्रेस्ट स्ट्रोक इभेन्टतर्फ स्वर्ण पदक जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer