२०८१ असार १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः पुरुष भलिबल क्वार्टर फाइनलमा, रग्बी महिलाको जित


पोखरा, असोज ३१ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश १ को पुरुष भलिबल टिम क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

सोमबार मधेश प्रदेशलाई हराएर प्रदेश नम्बर १ समूह ’बी’ को उपविजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

पोखरा रंगशालास्थित कोर्टमा भएको खेल १ नम्बर प्रदेशले ३–० को सोझो सेटमा जितेको हो ।

पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको प्रदेश १ ले दोस्रो सेट २६–२४ ले जितेको थियो । तेस्रो सेट २५–९ ले जित हात पारेर प्रदेश १ ले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

यस समूहबाट समूह बिजेताको रुपमा त्रिभुवन आर्मी क्लब क्वाटरफाईनल पुगिसकेको छ । लिग कम नकआउटको आधारमा भइरहेको प्रतियोगितामा प्रदेश एकले पहिलो जितसँगै ३ अंक जोडेको छ ।

No description available.

प्रदेश १ ले मंगलबार गण्डकी प्रदेशसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

यसैबीच, पोखरा रंगशालामा उसको सान्सौतर्फ पुरुषतर्फ १६ खेलाडी क्वार्टर फाइनल प्रवेश गर्दा प्रदेश १ बाट एकजना परेका छन् ।

सोमबार बिहान सान्सौमा पुरुषतर्फ ४८ केजी तौल समूहमा प्रदेश १ का गणेश लिम्बू अघिल्लो चरणमा प्रवेश गरेका हुन् ।

त्यस्तै, रग्बी महिलातर्फ सोमबार प्रदेश १ विजयी भएको छ । पोखराको भण्डारीढिकमा भएको खेलमा प्रदेश १ बग्मतीलाई १०–५ का अन्तरले हराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer