२०८१ असार १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः महिला फुटबल सेमिफाइनलमा


पोखरा, असोज ३१ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश १ को महिला फुटबल टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार वालिङमा भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको पाँचौँ मिनेटमा प्रदेश १ की अनिता गुरुङले पहिलो गोल गरिन् भने २२ औँ मिनेटमा प्रतिक्षा राईले दोस्रो गोल गरिन् ।

खेलको ८४ औँ मिनेटमा तीर्थाकुमारी लिम्बूले तेस्रो गोल गरिन् भने लगत्तै ८५ औँ मिनेटमा अन्जना थुलुङ राईले चौथो गोल गरिन् ।

No description available.

खेलको ८७ औँ मिनेटमा ममता राउतले पाँचौँ गोल गरिन् भने एडिसनल समयमा थप गरिएको ३ मिनेटमा पुनः अन्जना थुलुङ रार्ईले छैटौँ गोल गरिन् ।

प्रतियोगितमा मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश खेलबाट बाहिरिएका छन् ।

मंगलबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र प्रदेश नम्बर एक, दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer