२०८१ असार १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः पौडीमा एक रजत, सेपाकताक्रो, शारीरिक सुगठन र बुद्धिचालमा एकएक कास्य


पोखरा, असोज ३१ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश १ सोमबार पौडीमा एक रजत पदक जितेको छ ।

आइतबार ५० मिटर ब्याक स्ट्रकमा स्वर्ण पदक जितेका प्रदेश १ का विकास कुमालले सोमबार प्रदेश १ को लागि अर्को पदक थपेका हुन् ।

No description available.

सोमबार पोखरामा भएको २ सय मिटर ब्याक स्ट्रकतर्फको प्रतियोगितामा विकासले प्रदेश १ लाई रजत पदक दिलाएका छन् । कुमालले २ मिनेट ३०ः७६ सेकेन्डसहित रजत हात पारे ।

त्यस्तै, सेपाकताक्रो खेलको रेगु पुरुषतर्फको प्रदेश १ ले कास्य पदकमा चित्त बुझाएको छ ।

नवलपरासीमा भएको खेलमा लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै प्रदेश १ ले कास्य पदक जितेको हो ।

सोमबार भएको खेलमा लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै प्रदेश १ ले कास्य पदक जितेको हो । मंगलबार सेपाकताक्रोको क्रवाड विधाअन्तर्गतको पुरुष र महिलाको पदकको छिनोफानो हुनेछ ।

यसैबीच, शारीरिक सुगठनको महिलातर्फ प्रदेश १ की रजनी श्रेष्ठले कास्य पदक जितिन् ।

गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा महिलातर्फको क्लासिक इभेन्टमा प्रदेश नम्बर १ की खुश्बु थापाले ६ खेलमा जित र एक खेलमा ‘ड्र’ निकाल्दै कास्य पदक प्राप्त गर्न सफल भएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer