२०८१ असार १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ः शारीरिक सुगठनमा अवतारको स्वर्ण


पोखरा, कात्तिक १ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेश १ तेस्रो स्वर्ण पदक जितेको छ । प्रदेश १ का लागि यो तेस्रो स्वर्ण हो ।

No description available.

सोमबार साँझ पोखरामा सम्पन्न शारीरिक सुगठनमा प्रदेश १ ले एक स्वर्ण प्राप्त गर्यो । यसअघि पौडी र सफ्ट टेनिसमा प्रदेश १ ले एकएक स्वर्ण पदक पाएको छ ।

प्रदेश १ बाट प्रतिनिधित्व गरेका धरानका अवतार श्रेष्ठले शारीरिक सुगठनतर्फ स्वर्ण पदक जितेका हुन् ।

शारीरिक सुगठनका प्रदेश १ का प्रशिक्षक राम दाहालका अनुसार श्रेष्ठले पुरुष फिजिक्सको १७० सेन्टिमिटर माथिको विधामा स्वर्ण जितेका हुन् ।

श्रेष्ठ प्रथम रेनबो क्लासिक राष्ट्रव्यापी पुरुष फिजिक्सको समेत विजेता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer