२०८१ असार १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदः प्रदेशहरुमध्ये प्रदेश १ तेस्रो, सफ्ट टेनिसका युकेशको सर्वाधिक एकल ३ स्वर्ण


तीन स्वर्ण पदकधारी युकेश सफ्ट टेनिसकी आफ्नो जोडी श्रेयाका साथ ।

-हिमाल खरेल

बिर्तामोड, कात्तिक ३ । गण्डकी प्रदेशको कास्कीसहित आठ जिल्लामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद २०७९ मा प्रदेश १ प्रदेशहरुमध्ये तेस्रो भएको छ ।

आज बिहीबार समपन्न सबै ३६ वटा खेलमा प्रदेश १ ले १० स्वर्ण, २३ रजत र ५० कास्यसहित ८३ पदक जितेको छ ।

लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुद २०७५ मा प्रदेश १ प्रदेशहरुमध्ये चौथो भएको थियो । सो प्रतियोगितामा प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ कास्यसहित ८८ पदक जितेको थियो ।

No description available.

प्रदेशहरुमध्ये गण्डकी प्रदेश ३२ स्वर्ण, ३१ रजत र ५७ कास्यसहित प्रथम, बाग्मती प्रदेश २४ स्वर्ण, ४७ रजत र ७४ कास्यसहित दोस्रो भयो ।
समग्रमा नेपाल आर्मी १७२ स्वर्ण, ११० रजत र ८९ कास्य, सशस्त्र प्रहरी बल ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य तथा नेपाल पुलिस क्लब ६१ स्वर्ण, ६१ रजत र ७३ कास्यसहित तेस्रो भए ।

प्रदेश १ का लागि युकेश योञ्जनले सफ्ट टेनिसमा सर्वाधिक ३ स्वर्ण र एक रजत प्राप्त गरे । विकास कुमालले पौडीमा २ स्वर्ण र एक रजत पदक पाए ।

आइटिएफ तेक्वान्दोका स्वर्णधारीहरु ।

आइटिएफ तेक्वान्दोमा ३ स्वर्ण पाएको प्रदेश १ ले शारीरिक सुगठनका अवतार श्रेष्ठ र बक्सिङकी त्रिसा जवगूले स्वर्ण पदक ल्याएका हुन् ।

बक्सिङकी स्वर्णधारी जवेगू ।

आइटिएफ तेक्वान्दोमा कुसुम राजवंशी, रोशन मगर र वीरबहादुर तामाङले स्वर्ण पदक ल्याए ।

पौडीका दोहोरो स्वर्णधारी कुमाल प्रदेश १ का सदस्य सचिव हंशराज वाग्लका साथ ।

रजत पदक विजेताहरु

युकेश योञ्जन सफ्ट टेनिस
गायत्री बलमपाकी मगर कराते
गंगा राई आर्चरी
प्रिन्जिता तामाङ रेस्लिङ
सम्झना दाहाल खत्री गल्फ
सन्दर राई गल्फ
प्रारम्भ भण्डारी पौडी २
विद्याकला राई कराते २
विपल आङबुहाङ सेपाकताक्रो
विकास कुमाल पौडी
सिर्जनाकमारी चौधरी रेस्लिङ
बर्णा चोङबाङ रेस्लिङ
इन्दिरा थापा आइटिएफ तेक्वान्दो
सजिना तामाङ आइटिएफ तेक्वान्दो
सुस्मिता राई बक्सिङ
अभिनय राई बक्सिङ
उपेन्द्र मारिक उसु
योगिता काम्बाङ आर्चरी
आङ पेम्बा शेर्पा बक्सिङ
कृतिसरा अधिकारी बुद्धिचाल
प्रारम्भ भयडारी पौडी

कास्य पदक विजेताहरु

शिव खड्का तेक्वान्दो
रोशन गुरुङ सेपाकताक्रो
विनिता श्रेष्ठ कराते
मिस डोना राई कराते
श्रेया राई सफ्ट टेनिस
प्रिमका सरदार रेस्लिङ
रेनुका राजवंशी रेस्लिङ
विशाल बुढाथोकी रेस्लिङ
यशोदा चौधरी फेन्सिङ
राजेश श्रेष्ठ फेन्सिङ
तिलसाकुमारी चौधरी फेन्सिङ
युवराज भूजेल गल्फ
सुष्मा सिग्देल गल्फ
सुशीला राई तेक्वान्दो
विवेक राई तक्वान्दो २
मनिषा विश्वकर्मा तेक्वान्दो
सुभम पासवान फुलकन्ट्याक कराते
उपसना राई पौडी
सृष्टि राई ब्याडमिन्टन
विश्व बानियाँ टेबल टेनिस २
श्रेया योञ्जन सफ्ट टेनिस
आशेष मगर कराते २
रुरिहाङ डुमी कराते
रजनी श्रेष्ठ शारीरिक सुगठन
समीक्षा लिम्बू तेक्वान्दो
नितेश खवास आइटिएफ तेक्वान्दो
विनिता पण्डित रेस्लिङ
सविना माझी तेक्वान्दो
प्रज्ञा परियार तेक्वान्दो
हिराधन राई आइटिएफ तेक्वान्दो
दिलकुमार सुनुवार पाराग्लाइडिङ
इस्का राई पाराग्लाइडिङ
दिलन राई आइटिएफ तेक्वान्दो
सदिप तामाङ आइटिएफ तेक्वान्दो
प्रशान्त दाहाल बक्सिङ
फुर्देनी शेर्पा बक्सिङ
रञ्जीता मगर बक्सिङ
अनिश मण्डल कराते
गणेशकुमार लिम्बू उसु
रोहित लिम्बू उसु
अमृत विश्वकर्मा उसु
रोमन श्रेष्ठ उसु
टिम इभेन्ट जुडो
राजन श्रेष्ठ बुद्धिचाल
खुश्बु थापा बुद्धिचाल
टिम इभेन्ट ब्याडमिन्टन

राष्ट्रिय खेलकुद भनेको भूगोलको प्रतियोगिता भएकाले क्लबहरुले सहभागिता जनाउनु गलत भएको प्रदेशका अधिकांश प्रशिक्षक र खेलाडीको भनाइ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer