२०८१ असार १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

फस्ट मेन एन्ड फस्ट वुमेन बिटिएम रनको उपाधि मेघराज र रेखालाई


बिर्तामोड, कात्तिक ७ । तिहारको अवसर पारेर झापाको बिर्तामोडमा दौड प्रतियोगिता आयोजना गरिएको छ ।

अनारमनी सोसियल युथ क्लबद्वारा सोमवार आयोजित फस्ट मेन एन्ड फस्ट वुमेन बिटिएम रनको उपाधि मेघराज राई र रेखा लिम्बूले जितेका छन् ।

बिर्तामोड ३ को धौलापुलदेखि बिर्ताबजार हुँदै मुक्तिचोक पुगेर पुनः बिर्तामोड नगरपालिकाको कार्यालयसम्म करिब ६ किलोमिटर दूरीमा दौड प्रतियोगिता आयोजना गरिएको थियो ।

तियोगिताअन्तर्गत पुरुषतर्फ ३७ र महिलातर्फ १० जना सहभागी भएका थिए । पुरुषतर्फ मेघराज राई प्रथम, ओशन राई द्वितीय र यङदेव राई तृतीय भएका छन् ।

No description available.

त्यस्तै, महिलातर्फ रेखा लिम्बू प्रथम, विष्णु चम्लागाईं द्वितीय र रुपा राई तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र पाएका छन् ।

अनारमनी सोसियल युथ क्लबका अध्यक्ष राज मुखियाको अध्यक्षता तथा बिर्तामोड नगरपालिका ३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा युथ इन्जिनियर्स मेचीका विशाल जवेगू, रोट्रयाक्ट क्लब अफ बिर्तामोडका अध्यक्ष वसन्त ढकाललगायतको उपस्थिति रहेको कार्यक्रमका व्यवस्थापक प्रभाश थापा मगरले बताए ।

प्रतियोगितामा बिर्तामोड नगरपालिका ३ नम्बर वडा कार्यालय, धौला इन्जिनियरिङ, युथ इन्जिनियर्स मेची, एसएल मोडर्न फर्निचर, ओसिस, ह्याङखोप्सा मोडर्न फर्निचर लगायतको सहयोग रहेको कार्यक्रम संयोजक भरत राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer