२०८२ बैशाख १२ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

चन्द्रगढीमा भत्किएको देवकोटाको शालिकको पुनर्निर्माण गरेर अनावरण


बिर्तामोड, कात्तिक ७ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मोत्सवको अवसर पारेर भद्रपुर ९ चन्द्रगढीमा शालिक अनावरण गरिएको छ ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको लगानीमा मेची राजमार्गसँगै गाँसिएको ऐलानी जग्गामा निर्मित पार्कसहित अर्धकदको शालिक नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीले अनावरण गरेका हुन् ।

सोही स्थानमा २०५१ सालमा मेची राजमार्गको बीचमा स्थापना गरिएको शालिक २०७८ भदौ १४ गते अज्ञात समूहले तोडफोड गरी क्षति पुर्याएको थियो । राजमार्गको मापदण्डअनुसार सडकबीचको संरचना हटाइनुपर्ने नियम अनुशरण गर्दै वन समितिले नजिकै जोडिएको पैनीको ऐलानी जग्गामा आकर्षक फूलबारीसहित २४ लाख ७३ हजार ७४६ रूपैयाँको लगानीमा शालिक निर्माण गरेको हो ।

No description available.

निर्माण समिति संयोजक तथा चन्द्रगढी वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार तथा प्राज्ञ सभा सदस्य सुभद्रा अर्याल, साहित्यकार पुण्यप्रसाद खरेलले मन्तव्य राख्दै देशको पहिचान भाषा र साहित्य रहेको भन्दै सर्जकको सम्मानले भाषा र साहित्यको उत्थानमा टेवा पुग्ने धारणा राखेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक देवराज खतिवडा, शुकबहादुर मगर, लवडकुमारी पोखरेललगायत ५ जना अग्रजलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै, बाल कविता प्रतियोगितामा उत्कृष्ट हुने बालकविहरूलाई नगदसहित पुरस्कृत गरिएको युवा समाजसेवी अनुज खतिवडाले जानकारी दिए ।

Adv footer