२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

पथरीबाट सुरु भयो चेप्टी जाने बस


बिर्तामोड, कात्तिक १० । ह्याप्पी ड्रिम्स चेप्टी (फनपार्क) जान चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि मोरङको पथरीबाट बस सेवा सञ्चालनमा ल्याइएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आगमनमा सहजता ल्याउने उद्देश्यले दैनिक दुईवटा बस सञ्चालनमा ल्याइएको ह्याप्पी ड्रिम्स चेप्टीका सञ्चालक दिनेश शिवाकोटीले जानकारी दिए ।

No description available.

बिर्तामोडबाट करिब ३० किलोमिटर दूरीमा रहेको चेप्टीमा अहिले दैनिक २ वटा बसले पर्यटकलाई ल्याउने लैजाने गरे पनि चाँँडै थप बसहरु समेत सञ्चालनमा ल्याइने जनाइएको छ ।

चेप्टी जानका लागि पथरीबाट बिहान ९ः२५ बजे, सुरुङ्गाबाट १०ः३० बजे र बिर्तामोडबाट ११ बजे बस छुट्ने मुख्य व्यवस्थापक दिपक ढुंगानाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer