२०८१ असार १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

खेम तामाङ स्मृति नकआउट फुटबलः चन्द्रगढीको सहज जित


बिर्तामोड, कात्तिक १४ । झापाको अर्जुनधारास्थित कालीस्थानमा आजबाट सुरु भएको एन्फा रेफ्री स्वर्गीय खेम तामाङ स्मृति नकआउट फुटबल प्रतियोगितामा चन्द्रगढीको बद्रर्स युनाइटेड क्लबले विजयी सुरुवात गरेको छ ।

बद्रर्सले जयपुरको नवज्योति युवा क्लबलाई २० गोल अन्तरले हराएको हो । खेलमा दुवै गोल कर्ण लिम्बूले गरेका थिए ।

खेलको २३ औँ र ५३ औँ मिनेट लिम्बूले उत्कृष्ट गोल गर्दै विजय निश्चित गरेका थिए । खेलको म्यान अफ म्याच भएका लिम्बूले नगद १५०० रुपैयाँ पाए ।

No description available.

तामाङको स्मृतिमा स्थानीय मनास्लु युथ क्लबले पहिलोपटक प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको विजेताले नगद ५१ हजार तथा उपविजेताले नगद २५ रुपैयाँ पाउने छन् ।

झापाका आठ टिम सहभागी प्रतियोगिता अन्तर्गत भोलिको खेल गोर्खा स्पोर्टिङ क्लब दमक र बिर्तामोड युनाइटेड फुटबल क्लबबीच हुने आयोजकका अध्यक्ष मनोज तामाङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer