२०८१ असार १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

महाकाली मेची साइकलयात्रीलाई काँकरभिट्टामा स्वागत सम्मान


बिर्तामोड, कात्तिक १५ महाकाली मेची साइकल यात्रामा गरेर मेची नदी आइपुगेका चारजना साइकलयात्रीलाई आज काँकरभिट्टामा स्वागत सम्मान गरिएको छ ।

मेचीनगर राइडर्स एसोसिएसनको संयोजनमा उनीहरुलाई स्वागत गर्दै सम्मान गरिएको थियो ।

उदयपुर जिल्ला साइक्लिङ संघद्वारा आयोजित महाकाली–मेची साइकल यात्रा सम्पन्न गर्ने साइक्लिङ संघका सदस्यहरु अबधनारायण चौधरी, पासाङ शेर्पा र कृष्ण अधिकारी तथा बुटवलका सुरेश पुनलाई स्वागत सम्मान गरिएको हो ।

No description available.

एसोसिएसनका अध्यक्ष अर्जुन सुब्बाले सहजीकरण गरेको कार्यक्रममा त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्त बस्नेत, वडा नम्बर ११ का वडा अध्यक्ष सुमन्त कोइराला, मेचीनगर ६ का वडाअध्यक्ष ललित तामाङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो, मेचीनगरका वरिष्ठ कार्यक्रम अधिकृत अनन्त वस्ती, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले साइकलयात्रीलाई शब्दद्वारा बधाइ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer