२०८१ असार १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

पाकिस्तानविरुद्धको खेलमा प्रवेश मुख्य प्रशिक्षक नियुक्त


बिर्तामोड, कात्तिक १५ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रवेश कटुवाललाई पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

ए डिभिजन लिगमा मछिन्द्र क्लबलाई लगातार दुईपटक च्याम्पियन बनाएका प्रशिक्षक कटुवाललाई एन्फाले मंगलबार मैत्रीपूर्णका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जनाएको छ ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले कटुवाललाई नियुक्ति पत्र दिएका थिए । झापा बिर्तामोडस्थित सैनिकबजारका कटुवालले झापा ११ एफसीको प्रशिक्षक भइसकेका छन् ।

No description available.

नेपालले नोभेम्बर १६ (कात्तिक ३०) मा पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल साँझ ५ बजे हुने एन्फाले जनाएको छ ।

फिफाको निलम्बन फुकुवासँगै आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान नेपाल आउन लागेको हो । निलम्बन फुकुवापछि पाकिस्तानको सिनियर पुरुष टिमको यो पहिलो अन्तराष्ट्रिय खेल हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीना दिएपछि नेपाल नियमित मुख्य प्रशिक्षकविहीन रहँदै आएको छ ।

यस अघि बंगलादेशविरुद्धको मैत्रीपूर्णमा प्रदिप हुमागाईंले टिम सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer