२०८१ असार १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

खेम तामाङ स्मृति नकआउट फुटबलः बिर्तामोड अन्तिम चारमा


बिर्तामोड, कात्तिक१५ । एन्फा रेफ्री स्वर्गीय खेम तामाङको स्मृतिमा झापाको कालिस्थानमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा आज भएको दोस्रो खेलबाट बिर्तामोड युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिस्पर्धी दमकको गोर्खा स्पोर्टिङ क्लबलाई २–० गोलले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो ।

विजेता बिर्तामोडका लागि आशिष चापागाईंले खेलको २३ औँ र ६२ औँ मिनेटमा गोल गरेका हुन् । आजको खेलको म्यान अफ द म्याच विजेता टोलीका आशिष चापागार्ईं भए ।

No description available.

मनास्लु युवा क्लब कालिस्थानले आयोजना गरेको प्रतियोगिताको बुधबारको खेल शनिश्चरे एफसी र सतासीधाम स्पोर्टिङ क्लबबीच हुनेछ ।
कात्तिक २१ गते सम्पन्न हुने खेलको विजेताले नगद ५१ हजार र उपविजेताले २५ हजार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer