२०८१ असार १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

खेम तामाङ स्मृति नकआउट फुटबलः शनिश्चरे सेमिफाइनलमा


बिर्तामोड, कात्तिक १६ । झापाको कालिस्थानमा जारी एन्फा रेफ्री स्वर्गीय खेम तामाङ स्मृृति फुटबल प्रतियोगितामा बुधबारको खेलबाट स्थानीय शनिश्चरे एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा प्रतिस्पर्धी सतासीधाम स्पोर्टिङ क्लबलाई २–१ गोलले पराजित गर्दै शनिश्चरे अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलमा पहिलो अग्रता १८औँ मिनेटमा सतासीधामले गरे पनि ४७ औँ मिनेटमा कर्नर किकमा पाएको अवसरमा शनिश्चरेका लागि देवेन्द्र तामाङले हेडरमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

बराबरी नतिजा खेलेको दुवै टिमको प्रतिस्पर्धामा शनिश्चरेल खेल सकिन अन्तिम १० मिनेट आक्रामक खेल प्रस्तुत गरेको थियो । फलस्वरुप खेलको इन्ज्युरी समयमा शनिश्चरेले बाजी मार्यो ।

No description available.

खेल सकिने अन्तिम सिटी बज्नुपूर्व १५ सेकेन्ड बाँकी रहँदा शनिश्चरेका सौरभ लिम्बूले निर्णायक गोल गर्दा शनिश्चरे प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल रह्यो ।

खेलको म्यान अफ द म्याच शनिश्चरेका देवेन्द्र तामाङ घोषित भए । उनलाई अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देनलगायतले नगद १५ सय प्रदान गरे ।

बिहीबार आयोजक मनास्लु युथ क्लब शनिश्चरेले मेचीनगरको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग अन्तिम क्वार्टर फाइनल खेल खेल्नेछ ।

विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार पाउनेछ । त्यस्तै, ५ विधाका खेलाडीले जनही २ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याच बन्ने खेलाडीले नगद १५ सय पाउने छन् ।

२०२३ साल फागुन ३ गते जन्मिएका एन्फा रेफ्री स्व खेम तामाङको गत जेठ १२ गते निधन भएको थियो । उनै एन्फा रेफ्री तामाङको स्मृतिमा स्थानीय मनास्लु युथ क्लबद्वारा आयोजित प्रतियोगितामा झापा जिल्ला रेफ्री संघ तथा झापा जिल्ला फुटबल संघको प्रत्यक्ष सहयोग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer