२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

टि–२० विश्वकप उपाधिका लागि इङ्ल्यान्ड र पाकिस्तान खेल्दै


बिर्तामोड, कात्तिक २७ । आइसिसी टि–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दैछन् ।

फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । टि–२० विश्वकपको यो आठौँ संस्करण हो ।

इङ्ल्यान्ड र पाकिस्तान तेस्रोपटक फाइनलमा पुगेका हुन् । यो संस्करणको विजेताले दोस्रोपटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी गर्नेछ । वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो ।

पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने इङ्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेलमा पराजित पाकिस्तान सुपर–१२ को समूह ‘२’ मा दक्षिण अफ्रिका, नेदरल्यान्ड्ससँग पराजित हुँदा उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।

पाकिस्तान सन् २००९ को टि–२० विश्वकप च्याम्पियन र इङ्ल्यान्ड सन् २०१० को च्याम्पियन टोली हो । पछिल्लो समय पाकिस्तान र इङ्ल्यान्डबीच सातवटा अन्तर्राष्ट्रिय टि–२० खेल भएकोमा इङ्ल्यान्डले ४ र पाकिस्तानले ३ वटा जितेको छ । मेलबर्नमा आज वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer