२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अञ्जनको गोलमा पाकिस्तानमाथि नेपालको जित


बिर्तामोड, कात्तिक ३० । फरवार्ड अन्जन विष्टले गोलमा नेपालले पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।

नेपालले खेलको अन्त्यतिर घरेलु मैदानमा पाकिस्तानलाई १–० को अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार भएको खेलको पहिलो मिनेटमा विमल घर्ती मगरले सुवर्ण अवसर पाए पनि उनले प्रहार गर्न ढिला गरे ।

११औँ मिनेटमा काउन्टर अट्याकमा पाकिस्तानले अवसर पाए पनि एलामगिर घाँजीको पासलाई वाहिद खानले भेट्न नसक्दा गोलरक्षक दीप कार्कीले नियन्त्रणमा लिन सफल भए ।

त्यसपछि पाकिस्तानले काउन्टर अट्याकमा केही प्रयास गरे पनि नेपालको रक्षापङ्ति तोड्न सकेन । दोस्रो हाफ फितलो बने पनि नेपालले गोल गर्न सफल भयो । ८३औँ मिनेटमा अन्जनले सुनिल बलको क्रस पासलाई सदुपयोग गरेका हुन् ।
उनको यो ११औँ अन्तर्राष्ट्रिय गोल हो । असोज ११ मा दशरथ रंगशालामा सम्पन्न बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा अञ्जनको ह्याट्रिकमा नेपालले ३–१ को जित निकालेको थियो ।

अञ्जन हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमानसँग बराबरी गर्न मात्र २ गोलले पछि छन् ।

पाकिस्तान यसै खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको थियो नेपाली पुरुष फुटबल टोलीले दशरथ रंगशालामा खेलेको यो ५०औँ अन्तर्राष्ट्रिय खेल हो ।

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले प्रतिबन्ध फुकाएपछि झन्डै साढे तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानले पनि केही आक्रमण बुने पनि गोल भने गर्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer