२०८१ मंसिर १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

युएईविरुद्ध नेपाललाई एक दिवसीय शृंखला


बिर्तामोड, मंसिर २ । युएईलाई हराउँदै नेपालले एक दिवसीय शृंखला जितेको छ । आज शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा युएईलाई छ विकेटले हराउँदै नेपालले शृंखला जितेको हो ।

युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले नटआउट ८८ रन र ज्ञानेन्द्र मल्लले ६४ रन बनाए ।

बलिङतर्फ युएईका हजरत बिलाल र आयान अफजल खानले एक/एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १७६ रन बनायो । युएईका लागि आयान अफजल खानले नटआउट ५४ रन र अलिशान शराफुले ३३ रन बनाए ।

बलिङतर्फ नेपालका गुलशन झा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले दुई/दुई विकेट लिए ।

नेपाल पहिलो खेलमा ८४ रनमा पराजित हुँदा दोस्रो खेलमा पुनरागमन गर्दै नेपालले युएईलाई तीन विकेटले हराएको थियो । यो जितसँगै नेपालले शृंखला दुई–एकले आफ्नो पक्षमा पारेको हो ।

युएईले अघिल्लो महिना अस्ट्रेलियामा विश्वकप खेलेको थियो । नेपालले सन् २०१८ मा विश्वकप छनोटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । त्यसयता नेपालले घरेलु मैदानमा यो दोस्रोपटक शृंखला खेलेको हो ।

गएको चैतमा पपुवा न्युगिनी (पिएनजी) सँगको दुई खेलमा नेपाल पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer