२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

३२ वर्षपछि पहिलो खेलमा साउदी अरबसँग हार्यो अर्जेन्टिना


बिर्तामोड, मंसिर ६ । जारी विश्वकपमा उपाधि दाबेदार मानिएको अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ ।

दक्षिण अमेरिकी च्याम्पियन समत रहेको अर्जेन्टिना पहिलो हाफमा लिएको १–० को अग्रता जोगाउन नसक्दा ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको छ ।

लुसेल रंगशालामा मंगलबार अग्रता जोगाउन नसक्दा अर्जेन्टिना २–१ को अप्रत्याशित हार बेहोर्न पुगेको हो । पहिलो हाफमा १–० ले पछि परेको साउदीले दोस्रो हाफको सुरुवाती ८ मिनेटमा २ गोल गर्दै अग्रता लिएको थियो ।

पहिलो हाफमा अर्जेन्टिनाले लगातार आक्रमण गरे पनि पेनाल्टी गोल मात्र सम्भव हुन सक्यो । अर्जेन्टिनाको तीन गोल अफसाइडकै कारण मान्य हुन सकेन ।

पहिलो हाफमा फितलो देखिएको साउदीले दोस्रो हाफको सुरुवाती समयमा अर्जेन्टिनालाई दबाबमा राख्दै खेलमा फर्कियो ।

बराबरी गोलपछि पनि आक्रामक देखिएको साउदीले अग्रता लिन सफल भएको थियो । त्यसपछि अर्जेन्टिनी आक्रमणलाई रोक्दै साउदी अप्रत्याशित नतिजा हासिल गर्न सफल भयो ।

यससँगै समूह सी मा साउदी अरेबियाले ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा आज पोल्यान्ड र मेक्सिको भिड्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer