२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

आयोजक प्रदेश–१ विजयी


बिर्तामोड, मंसिर ७ । पहिलो संस्करणको सगरमाथा कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आयोजक प्रदेश–१ ले विजयी सुरुवात गरेको छ ।

विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा प्रदेश–१ ले विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले हराएको हो ।

मैदान ओसिलो भएका कारण ९ ओभरमा छोट्याइएको खेलमा नेपाल पुलिसले दिएको ६७ रनको लक्ष्य प्रदेश–१ ले ८ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

प्रदेश–१ को जितमा अंकित सुवेदीले १४ बलमा २६ तथा कप्तान सिद्धान्त लोहनीले १८ बलमा अविजित २५ रन बनाए । निरज मुखियाले ७ रन जोड्दा श्रवण यादवले अविजित ४ रनको योगदान गरे ।

पुलिसका लागि राशिद खान र योगेन्द्र सिंह कार्कीले समान १÷१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ९ ओभरमा ६ विकेट गुमाएर ६६ रन बनाएको थियो ।

पुलिसका लागि दिलिप नाथले १४ तथा रशिद खानले अविजित १४ रन बनाए । कप्तान अमित श्रेष्ठले ११ रन जोड्दा सुनिल धमलाले ८ रन जोडे ।

प्रदेश–१ का लागि फ्रिदोश अन्सारी र सोनु मण्डलले समान २÷२ तथा कमल खत्रीले १ विकेट लिए ।

६ टोली सहभागी यस प्रतियोगितामा प्रदेश १ शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिताको फाइनल मंसिर १७ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer