२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

विश्वकप फुटबलमा आज आयोजक कतारले सेनेगलको सामना गर्दै


बिर्तामोड, मंसिर ९ । फिफा विश्वकप फुटबलमा आज पनि चारवटा खेलहरु हुँदैछन् । आज समूह चरणअन्तर्गत समह ‘ए’ र समूह ‘बी’ का दुई÷दुई खेलहरु हुनेछन् ।

आजको पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे समूह ‘बी’ को इरान र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । वेल्सले पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने इरान इंग्ल्यान्डसँग ६–२ गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।

आज हुने दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच खेल हुनेछ । कतार र सेनेगलबीचको खेल बेलुका पौने ७ बजे सुरु हुनेछ । कतार विश्वकप आयोजक देश समेत हो । उद्घाटन खेलमा कतार इक्वेडरसँग २–० गोलले पराजित भएको थियो । त्यस्तै, सेनेगललाई नेदरल्यान्ड्सले हराएको थियो ।

आज हुने अर्को खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच खेल हुनेछ । नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

त्यस्तै, आजराति इंग्ल्यान्ड र अमेरिकाबीच खेल हुनेछ । समूह ‘बी’ मा रहेको इंग्ल्यान्ड र अमेरिकाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer