२०८२ भदौ २९ आइतबार
Jhapa Today
Adv top

विराट-अर्जुन उपभोक्ता सहकारीद्वारा सञ्चारकर्मी न्यौपानेलाई सम्मान


बिर्तामोड, मंसिर १९ । बिर्तामोडको विराट-अर्जुन उपभोक्ता सहकारी संस्थाले सञ्चारकर्मी सन्तोष न्यौपानेलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

संस्थाको १३ औँ वार्षिक साधारणसभाको अवसर पारेर आज एभिन्युजकर्मी न्यौपानेलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

त्यस्तै, संस्थाले नियमित बचत गर्ने श्रवणकुमार नायकलाई उत्कृष्ट बचतकर्ता, आशा खतिवडालाई उत्कृष्ट उद्यमी, सोनिया उप्रेतीलाई उत्कृष्ट बाल बचतकर्ताका रुपमा सम्मान गरिएको थियो ।

साधारणसभाकै अवसर पारेर संस्था अघिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरु बजार प्रतिनिधि मुना खड्का र कार्यालय कर्मचारी भूमिका घिमिरेलाई पनि सम्मान गरिएको थियो ।

त्यस्तै, संस्थाका अध्यक्ष नविन खरेलले आफ्नी आमा स्वर्गीय नरमाया खरेलको स्मृतिमा स्थापना गरेको स्वर्गीय नरमाया खरेल स्मृति शिक्षा पुरस्कारबाट कक्षा ४ का विनोद किस्कू र कक्षा ६ मा पढ्ने दिपिका राजवंशीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

कोषकी अध्यक्ष उषा थपलिया खरेलले उनीहरुलाई एक शैक्षिकसत्रको आवश्यक सामग्री प्रदान गरेकी थिइन् ।

संस्थाका अध्यक्ष नविन खरेलको अध्यक्षतामा भएको साधारणसभामा प्रमुख अतिथि झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष चम्पा खनाल, बिर्तामोड नगरपालिकाका सहकारी निरीक्षक डिल्ली दाहाल, राष्ट्रिय सहकारी बैंक बिर्तामोडका शाखा प्रमुख विवेक डाँगीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

संस्थाले १३ औँ साधारणसभाको अवसर पारेर आजैबाट आधिकारिक मोबाइल एप्स सार्वजनिक पनि गरेको छ । अब संस्थाको सबै काम मोबाइलबाटै गर्न सकिने एप्स निर्माता प्रथम आइटीका लोकप्रिय खनालले जानकारी दिए ।

संस्थाका सचिव डिल्लीराम प्रसाईंले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष यादवप्रसाद ओलीले गरेका थिए ।

Adv footer