२०८१ पुष ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका संग्रौलासँग ‘इन्गेजमेन्ट’ टुटेपछि युवतीद्वारा काठमाडौँमा ‘आत्मदाह’


बिर्तामोड, मंसिर २० । झापाका सुधन संग्रौलासँग ‘इन्गेजमेन्ट’ भएर विवाह नहुने भएपछि काठमाडौँ बानेश्वरकी पुष्पा न्यौपानेले ‘आत्मदाह’ गरेकी छन् । संग्रौला परिवार केही वर्षयता धुम्बाराही बस्दै आएका थिए ।

काठमाडौँमा ‘इन्गेजमेन्ट’ पछि विवाह रद्द हुँदा युवतीले केटाकै घरमा पुगेर ‘आत्मदाह’ गरेकी हुन् । न्यौपाने दरबारमार्गस्थित केल्मी ब्रान्डको शोरुम सञ्चालक हुन् ।

गएको आइतबार साँझ बानेश्वरकी २६ वर्षीया न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगी आफ्नो शरीरमा पेट्रोलियम पदार्थ छर्किएर आगो लगाएकी थिइन् । गम्भीर घाइते उनको उपचारका क्रममा सोमबार बिहान कीर्तिपुर अस्पतालमा मृत्यु भएको काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

उनको मृत्यु शंकास्पद भएको भन्दै परिवारले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएको छ । प्रहरी वृत्त महाराजगञ्जका अनुसार न्यौपानेले आइतबार केटा पक्षको धुम्बाराहीस्थित घर गेट अगाडि आत्महत्या गर्न पेट्रोल खन्याएकी थिइन् ।

तर, उनलाई बचाउनुको साटो नरोकी आत्महत्या गर्न दुरुत्साहन गरेको परिवारको दाबी छ । परिवारले प्रहरीमा दिएको किटानी जाहेरीमा केटा पक्षले घरमा समेत बोलाएर मानसिक यातना दिएको भनिएको छ ।

प्रहरीका अनुसार शरीरमा पेन्ट्रोल खन्याएर आगो लगाएको अवस्थामा उनलाई उद्दार गरेर कीर्तिपुरस्थित बर्न सेन्टरमा पु¥याइएको थियो ।

न्यौपानेको मृत्यु भएपछि न्यौपानेको परिवारले इन्गेजमेन्ट गरेका २९ वर्षका सुधन संग्रौलासहित उनको परिवारका मधु संग्रौला, ५७ वर्षका दिनेश संग्रौला र बिन्दु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ ।

परिवारका अनुसार संग्रौला दरबारमार्गस्थित शोरुममा आउने क्रममा २०७८ को माघ महिनादेखि चिनजान भएको थियो । एकअर्काबीच फोन र सामाजिक सञ्जालमा कुराकानी हुने क्रममा उनीहरु प्रेम सम्बन्धमा थिए । त्यसक्रममा एकअर्काको घरमा समेत आउजाउ हुने गरेको उनीहरुको भनाइ छ ।

त्यसक्रममा दुवै जनाले विवाह गर्ने भनेपछि दुवै पक्षको मञ्जुरीमा १८ भदौमा इन्गेजमेन्ट भएको न्यौपाने पक्षको भनाइ छ । त्यसक्रममा एक वर्षभित्र विवाह गर्ने सहमति भए पनि १७ कात्तिकमा एकाएक केटा पक्षले इन्गेजमेन्टको दक्षिणा र गरगहना फिर्ता गरेको केटी पक्षको भनाइ छ ।

‘प्रतिवादीले मानसिक यातना दिएपछि घटना हुनुअघि उनले म मर्नुभन्दा अर्को विकल्प रहेन भन्दा पनि घरमा बोलाएर समेत मानसिक यातना दिए’, न्यौपानेले दिएको जाहेरीमा भनिएको छ ।

परिवारले प्रहरीसँग सुधन र पुष्पाबीच फेसबुक म्यासेन्जर, भाइबर र ह्वाटस एपसहित कल डिटेल विवरण बुझेर अनुसन्धान गर्न पनि माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer