२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

आफैँले उत्पादन गरेका फूलका बिरुवा बेच्दै इस्ट होराइजनका विद्यार्थी


बिर्तामोड, मंसिर २१ । व्यावहारिक रुपमै व्यापारिक ज्ञान दिने उद्देश्यले धुलाबारीको इस्ट होराइजन माविले विद्यार्थीलाई फूल उत्पादन गरेर बेच्न तालिम दिएपछि उनीहरु बजारसम्म आएका छन् ।

पढाइका साथै अतिरिक्त सीप र व्यापारमा दक्ष बनाउन विद्यालयले उनीहरुलाई फूलका बीऊ दिएर उमार्न लगाएको थियो । विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत फूलका विरुवाहरु आफैँले उमारेर आज धुलाबारी मोडमा बेच्न ल्याएका हुन् ।

मेचीनगर १०मा अवस्थीत इष्ट होराइजन मा.वि. ले आफ्ना नानीहरु सबै कुरामा दक्ष बनाउनलाई विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

आफूले तयार पारेको बेच्न योग्य बिरुवा आफैँले बजारमा ल्याएर आफैँ बजार भाउ निर्धारण गरी बेच्दा विद्यार्थीको व्यापारिक क्षमतामा बृद्धि हुने विद्यालयको विश्वास छ ।

विद्यालयले विगत केही वर्षदेखि गार्डेनिङ कक्षा सञ्चालन गर्दै आएको भए पनि उत्पादन भएका बिरुवा पहिलोपटक आज बजारमा ल्याइएको गार्डेनिङ कक्षा सञ्चालन गर्दै आएकी शिक्षिका चित्रकला लेप्चाले बताइन् ।

सानै उमेरमा विद्यार्थीमा बिरुवाको स्याहार विकास हुने र वातावरण हरियाली बनाउने अभिप्रायले यस्ता क्रियाकलाप गर्दै आएको शिक्षिका मञ्जिला तामाङले जानकारी दिइन् ।

गार्डेनिङ कक्षाले विद्यार्थीमा बोटबिरुवा रोप्न प्रेरणा मिल्ने र आफ्नो विद्यालय, घरवरिपरि पनि बोटबिरुवा रोपेर हरियाली बनाउने र आम्दानी पनि गर्न सकिने रहेछ भन्ने बुझाउन सहयोग पुर्याउने विद्यालयले जनाएको छ ।

आज बजारमा बिरुवा बेचेपछि कक्षा १० मा अध्यनरत छात्रा प्राश्ना मगरले भनिन्, बोटबिरुवाबाट पनि भविष्यमा निकै राम्रो आम्दानी गर्न सकिने रहेछ ।

होराइजनले आफ्ना विद्यार्थीलाई सबै कुरामा दक्ष बनाउन विभिन्न सीपमुलक क्रियाकलाप गराउँदै आएको छ । विद्यालयले दुना टपरी बनाउन, सिलाइबुनाइ, बाती कात्न, पाक शिक्षा, प्लम्बिङ, बिजुली बत्ती जडान कक्षा, हस्तकला, उद्घोषण जस्ता जीवनउपयोगी कक्षाहरु सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer