२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

दुई दशकपछि भद्रपुरमा फुटबल हुने, अध्यक्षमा ढकाल चयन


बिर्तामोड, मंसिर २७ । करिब दुई दशकअघि सम्म भद्रपुरमा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता यो वर्षबाट पुनः हुने भएको छ ।

फुटबल प्रतियोगिता सञ्चालन नहुँदा झापाको पुरानो र एक मात्र स्थायी रंगशाला प्रयोगविहीन बन्दै गएको थियो । ओझेलमा पर्दै आइरहेको मेची रंगशालालाई पुनर्जीवन दिने उद्देश्यले भद्रपुर गोल्डकप सञ्चालन हुने भएको हो ।

भद्रपुर गोल्डकप आयोजनाका लागि युवा उद्योगी दिपेश ढकालको अध्यक्षतामा भद्रपुर गोल्डकप मुल आयोजक समिति गठन गरिएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, महासचिवमा जीवनकुमार श्रेष्ठ, सचिवमा टहलदास मैनाली, कोषाध्यक्षमा गणेश राजभण्डारी र सहकोषाध्यक्ष अजय साहेवाला निर्विरोध चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा कुमार श्रेष्ठ, अनिल सुब्बा, योगेन्द्र पौडेल, पुनम सुब्बा, कविता गुरुङ, दिलीप भुइमाली, टेकमान गुरुङ र गम्भीर राई चयन भएका छन् ।

त्यस्तै, सल्लाहकार समितिमा ओमप्रकाश सरावगी, चण्डीराज ढकाल, विज्ञानराज शर्मा, टिकाराज ढकाल, विनोद बस्नेत, विमल आचार्य, केशवराज पाण्डे, दिनबन्धु गोयल, वसन्त बानियाँ, धर्म शिवाकोटी, प्रशान्त भण्डारी, यामबहादुर श्रेष्ठ र नवराज पनेरु रहेका छन् ।

भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलोपटक ‘ए’ डिभिजन क्लबहरूको सहभागितामा भद्रपुर गोल्डकप सञ्चालन गर्न लागेको नगरप्रमुख गणेश पोखरेलले जानकारी दिए ।

नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको भद्रपुर गोल्डकपलाई कसरी सफलतापूर्वक आयोजना गर्ने उद्देश्यले नगरपालिकामा सर्वपक्षीय रुपमा बृहत् छलफल गरिएको थियो ।

मेची रंगशालालाई पुनर्जीवन दिन र नगर क्षेत्रभित्रका फुटबल खेलाडी उत्पादनलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले गोल्डकप आयोजना गर्न लागिएको अध्यक्ष ढकालले बताए ।

नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपसहित खेलकुद क्षेत्रका लागि ४० लाख रुपैयाँ बजेट छुट्टाएको छ । गोल्डकपका लागि त्यसबाट कति बजेट निकासा गर्ने त्यो कार्यपालिका बैठकले निर्णय गर्ने जनाइएको छ ।

एनफासँग स्वीकृत लिएर गोल्डकप सञ्चालन गर्नुपर्ने भएकोले सम्भवतः माघ वा फागुन महिनाभित्र प्रतियोगिताको आयोजना गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer