२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाल टि–ट्वान्टी क्रिकेट लिग भोलिबाट, विजेताले ५५ लाख पाउने


बिर्तामोड, पुस ८ । पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विजेताले ५५ लाख पाउने जनाएको छ ।

त्यस्तै, उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने क्यानले जनाएको छ ।

त्यस्तै, प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।

इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने क्यानले जनाएको छ ।

टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता भोलि शनिबारबाट सुरु हुँदैछ ।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ ।

पहिलो संस्करणमा काठमाडौँ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारको सहभागिता रहेको छ ।

क्यानले प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिसकेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा शनिबार पोखरा एभेन्जर्स र काठमाडौँ नाइट भिड्ने छन् ।

शनिबार नै लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer