
बिर्तामोड, पुस ९ । बिर्तामोडको अदुवा खोलाको उत्तरमा बिटिएम मन्त्र थकाली होटल सञ्चालनमा आएको छ ।

युवा व्यवसायीहरुले सञ्चालनमा ल्याएको बिटिएम मन्त्र थकालीको आज बिहान एक कार्यक्रमका बीच बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंले औपचारिक शुभारम्भ गरिन् ।


बिर्तामोडका युवा व्यवसायी दिपक काफ्ले, सुभम घिमिरे, सुरज खड्का र उमेश खरेलले संयुक्त रुपमा बिटिएम मन्त्र थकाली सञ्चालनमा ल्याएका हुन् ।


मन्त्रमा खानालाई विशेष प्राथमिकता दिइने भएको छ । खाना र खाजाका पारखीहरुका लागि चाहनाबमोजिम परिकार उपलब्ध गराउने सञ्चालकको उद्देश्य रहेको छ ।

शान्त वातावरणमा स्वस्थ खाना उपलब्ध गराउने सञ्चालकहरुको भनाइ छ । थकालीमा हुनुपर्ने सबै परिकार हुने र थकाली भनेर सामान्य खाना नखुवाइने सञ्चालक खड्काले बताए ।


खानाका लागि पाल्पाको दाल, घरेलु मसलाहरु प्रयोग गरिने उनीहरुको भनाइ छ । करिब ५५ लाख रुपैयाँ लगानीमा बिटिएम मन्त्र थकाली सञ्चालनमा ल्याइएको हो ।
बिटिएम मन्त्र थकालीमा खानाका साथै पेय पदार्थ, कफी उपलब्ध हुनेछ भने सभाहल समेत रहेको छ ।