२०८१ असार १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा झापाकी त्रिसाले प्रतिस्पर्धा गर्ने


बिर्तामोड, पुस १२ । थाइल्यान्डमा आयोजना हुने एएसबिसी यु–२२ मेन्स एन्ड उमेन्स बक्सिङ च्याम्पियनसिपका लागि झापाकी त्रिसा जवेगू छनोट भएकी छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदको बक्सिङ हलमा जारी छनोट खेलबाट जवेगूले थाइल्यान्डको यात्रा पक्का गरेकी हुन् ।

बक्सिङ प्रशिक्षक डम्बरबहादुर सुब्बाको नेतृत्वमा झापाबाट जवेगूसँगै सुष्मिता राई छनोटका लागि काठमाडौँ गएका थिए ।

जवेगूले हालै गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् । राईले ५७ केजीमा रजत पदक हात पारेकी थिइन् ।

च्याम्पियनसिप २०२३ को जनवरी १६ देखि २७ तारिखसम्म बैंककमा हुने नेपाल बक्सिङ संघले जनाएको छ ।

च्याम्पियनसिप पुरुषतर्फ ४८ केजी, ५७ केजी र ८६ केजी तौल समूहलाई समावेश गरिएको छ । त्यस्तै, महिलातर्फ ४८ केजी, ५७ केजी, ७५ केजी र ७५ केजी माथिको तौल समूहलाई समावेश गरिएको छ ।

यसअघि २०२२ मा उज्वेकिस्तानको तासकन्द सहरमा भएको एएसबीसी यु–२२ पुरुष–महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट सुष्मा तामाङ सहभागी भएकी थिइन् ।

उनले ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । सुष्माले सोही वर्ष काठमाडौँमा सम्पन्न प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer