२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

मेस्सी बसेको कतार विश्वविद्यालयको कोठालाई संग्रहालय बनाइने


बिर्तामोड, पुस १३ । सन् २०२२ को विश्वकपका लागि लियोनल मेसी बसेको होटलको कोठालाई म्युजियममा परिणत गरिने भएको छ ।

कतार विश्वविद्यालयले यसबारे निर्णय गर्दै अबदेखि यस कोठाले कोही पनि पाहुनाको आथित्य नगर्ने जनाएको छ ।

कतारी समाचार संस्था क्युएनएले ट्विट गर्दै मेसी बसेको कोठाको तस्बिर पनि सँगै राखेको छ । अबदेखि पेरिस सेन्ट जर्मेन (पिएसजी) का खेलाडी बसेको कोठा भ्रमणकारी पाहुनालाई मात्र नभएर विद्यार्थीका लागि पनि भ्रमणका लागि खोलिनेछ ।

कतार विश्वविद्यालयकै परिसरमा यो होटल रहेको छ र यसमा सबै खाले आधुनिक सुविधा उपलब्ध छन् ।

त्यसैले, अर्जेन्टिनाले बाहिरका आरामदायी र महँगा होटलको स्थानमा यसलाई रोजेको थियो । सन् २०१९ को क्लब वर्ल्डकपका बेला लिभरपुलले पनि यस होटललाई प्रयोग गरेको थियो ।

अब मेसी बसेको कोठलाई अझ बढी सजाइनेछ र पछि यसमा उनीसँग जोडिएका खेल सामग्री पनि थपिनेछ ।

कतार विश्वविद्यालयका सञ्चार निर्देशक हिट्मी अल हिट्मीले भनेका छन्, ‘मेसी बस्दा कोठा जस्तो स्वरूपमा थियो, त्यसमा कुनै पनि परिवर्तन गरिने छैन । अबदेखि यसलाई म्युजियममा परिणत गरिनेछ ।

विशेषतः मेसी कस्ता खेलाडी थिए भनेर यो कोठा भ्रमण गरेर विद्यार्थीले अनुभव गर्न सक्ने छन् । यो अर्जेन्टिनाले कसरी विश्वकप जितेका थिए, त्यसको प्रतीकका रूपमा पनि रहनेछ ।’

सन् २०२२ को विश्वकप जित्ने क्रममा अर्जेन्टिनाले तेस्रोपल्ट विश्व फुटबलको सबैभन्दा ठुलो उपाधि जितेको थियो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा पनि विश्वकप जितेको थियो ।

मेसीको सफल खेल जीवनमा यसअघि विश्वकप नै जित्न बाँकी एक मात्र उपाधि रहेको थियो र यस जितपछि उनको खेल जीवनले पूर्णता पाएको थियो ।

डेली मेलका अनुसार आफ्नो पारम्पारिक ‘बिफ बारबिक्यु’ (एक प्रकारको गोरुको सेकुवा) बनाउन सजिलो हुने भएकाले अ‍ेर्जेन्टिनी फुटबल टिम त्यहाँ बसेको थियो । 
–मार्काको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer