२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

झापा साइक्लिङ च्यालेन्ज पुस ३० गते हुने


बिर्तामोड, पुस १४ । अघिल्लो वर्षबाट सुरु भएको झापा साइक्लिङ च्यालेन्ज यो वर्ष पनि हुने भएको छ ।

झापाको अर्जुनधारा नगरपालिकास्थित लक्ष्मीधापमा हुने ‘झापा साइक्लिङ च्यालेन्ज २०७९’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस ३० गते हुनेछ ।

प्रतियोगिता व्यवस्थापन गरेको प्याक एन्ड पेडल नेपालका सञ्चालक आकाश श्रेष्ठका अनुसार स्वास्थ्य र स्वस्थ जीवनका लागि साइक्लिङ भन्ने नाराका साथ विभिन्न चार विधामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियागिता अनुसार महिला खुला (सबै उमेर समूह), पुरुष जुनियर (१९ वर्षमुनि), पुरुष एलाइट (१९ देखि ३५ वर्षसम्म) र पुरुष मास्टर्स (३५ वर्षदेखि माथि) गरी चार विधामा प्रतियोगिता हुने श्रेष्ठले बताए ।

२० किलोमिटर लामो हुने साइक्लिङ झापा अर्जुनधाराको लक्ष्मीधापबाट सुरु भई सालबारी–शनिश्चरे–जयपुर तल–कालिस्थान–सेतीपानी–सालबारी झिलपूर्व हुँदै चिया बगानबाट पुनः सुरु गरिएको स्थानमा आएर टुंगिनेछ ।

श्रेष्ठका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । सहभागी सबैलाई प्रमाणपत्र दिइनेछ भने सहभागी फराम शुल्क ३०० रुपैयाँ राखिएको छ ।

प्रतियोगिताको आयोजना नेवाः पासा मुना पुचः बिर्तामोड र आजाद सामुदायिक संस्था अर्जुनधाराले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer