२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

ए डिभिजन लिग फागुन १९ बाट सुरु गर्ने सहमति


बिर्तामोड, पुस १४ । सहिद स्मारक ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) र सहभागी १४ क्लबबीच सहमति भएको छ ।

यही पुस २६ गतेका लागि तय भएको ए डिभिजन लिग एन्फाले समयमा तयारी खर्च नदिएपछि क्लबहरुले निर्धारित मितिमा खेल्न नसक्ने बताएका थिए ।

‘आज एन्फा र क्लबहरुका प्रतिनिधि भएको बैठकबाट फागुन १९ गतेबाट लिग सुरु गर्ने सहमति भएको छ,’ एन्फा प्रवक्ता सुरेश शाहले भने, ‘अब सबै प्रक्रिया सुरु हुन्छ । तयारी खर्च पनि ३ क्लबले लगेका छन् । अन्य क्लबले पनि अब लानेछन् ।’

तीनपटक सम्म एन्फाले मिति तोकेर तयारी खर्च दिन नसकेपछि गत महिना ९ क्लबले संयुक्त रुपमा तयारी खर्च दिएको ३ महिनापछि मात्र लिग खेल्ने ज्ञापनपत्र बुझाएका थिए ।

अघिल्लो साता दुई पक्षबीच छलफल भए पनि निर्णय भने हुन सकेको थिएन । ‘अब लिग हुने निश्चित भएको छ,’ प्रवक्ता शाहले भने, ‘अब एन्फाले र क्लबहरुले आआफ्नो तयारी गर्नेछन् ।’

एन्फाले हरेक क्लबलाई यो वर्षको तयारीबापत ३० लाख रुपैयाँ दिने यसअघि नै निर्णय गरेको थियो । लिग अघि १५ लाख रुपैयाँ दिनेछ । गत वर्षको लिगको बाँकी ७ लाख रुपैयाँ पनि क्लबहरुले पाउन बाँकी रहेको छ ।

यद्यपि, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज क्लबले तयारी खर्च लिएका थिए । बाँकीले भने चाँडै तयारी खर्च लिने सम्झौता भएको छ । यसपटक ए डिभिजन लिगमा चर्च ब्वाइज र खुमल्टार युथ शीर्ष डिभिजनमा बढुवा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer