२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

पुलिसका महिला खेलाडीले प्रदेशबाट प्रधानमन्त्री कप खेल्ने


बिर्तामोड, पुस १८ । इटहरीमा हुने महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली पुलिसमा रहेका महिला खेलाडीले प्रदेशबाट खेल्ने भएका छन् ।

प्रतियोगिता पुस २९ गतेदेखि हुँदैछ । प्रतियोगिताका लागि आवश्यक मापदण्द पूरा नगर्दा विभागीय टोली पुलिसले यस सिजनको प्रधानमन्त्री कप खेल्न नपाउने भएको छ ।

आफूहरु सहभागी नहुने भएपछि खेलाडीलाई प्रदेशबाट खेलाडी रिलिज गरेको नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवालले जानकारी दिएका छन् ।

आयोजक नेपाल क्रिकेट संघ क्यानले पनि खेलाडीलाई प्रदेशबाट खेल्न अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए । उनले भने, ‘यसपटक खेलाडीहरुले प्रदेशबाट नै खेल्ने वातावरण मिलाएका छौँ । पछि बोर्डले पुलिसको टिमलाई स्वीकृति दिएपछि पुलिसले नै उनीहरुलाई खेलाउने छ ।’

नेपाल पुलिस क्लब महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले पनि यसपटक आफूहरु पहिले जस्तै प्रदेश टिमबाट नै प्रतियोगितामा सहभागी हुने बताएकी छिन् । ‘हामी यस पटक प्रदेशबाट नै खेल्छौँ । सबैले पहिले जस्तै प्रदेशमा नै रहेर यसपटक खेल्छौँ । अर्कोपटक पुलिसबाट नै सहभागी जनाउनेछौँ ।’

गृहजिल्ला झापामा रहेकी रुविनाले प्रदेशबाट खेल्न पाउने भए पनि अहिलेसम्म प्रदेश टिमबाट भने खबर नआएको बताइन् । ‘क्यानबाट हामीलाई खेल्न पाउने अधिकारबाट बञ्चित नगराउने भन्ने भइसकेको छ । तर, अहिलेसम्म प्रदेशबाट सूचना भने आएको छैन । अब पछि आउला हिजो त पुलिसले रिलिज ग¥यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer