२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

‘ए’ डिभिजन लिगको खेल तालिका माघ २ गते सार्वजनिक हुने


बिर्तामोड, पुस १८ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका माघ २ गते सार्वजनिक गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र ’ए’ डिभिजन क्लबबीच सोमबार बसेको बैठकले माघ २ गते खेल तालिका सार्वजनिक गर्ने सहमति बनेको हो ।

त्यस्तै, एन्फाले पुस २२ गतेसम्म क्लब दर्ता गर्नुपर्ने जनाएको छ । माघ १५ गतेसम्म क्लबले क्लब लाइसेन्सको मापदण्ड पूरा गर्नु पर्ने एन्फाले जनाएको छ ।

एन्फाले पुस २४ गतेबाट खेलाडी दर्ता खुला हुने जनाएको छ । क्लबले माघ २९ गतेसम्म कम्तिमा २० खेलाडी दर्ता गर्नु पर्नेछ ।

शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । लिग डबल राउन्ड रोबिनको आधारमा हुनेछ ।

यसपटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

फेयर प्ले अवार्डको नगद पुरस्कार बृद्धि गर्दै ३ लाख पुर्राइएको छ ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer