बिर्तामोड, पुस २६ । सहिद स्मारक बी डिभिजन लिग यही चैत १५ गतेबाट हुने भएको छ ।
अखिल नेपाल फुटब संघ(एन्फा) र लिगमा सहभागी टोलीबीच मंगलबार बसेको बैठकले लिग चैत १५ बाट गर्ने सहमति गरेको हो ।
एन्फाका अनुसार सिंगल राउन्ड रोबिनका आधरमा हुने लिगको तयारी खर्चबापत क्लबले १४ लाख ५० हजार रुपौयाँ प्राप्त गर्ने भएका छन् । लिगमा १४ टोलीको सहभागिता रहनेछ ।
यसैगरी, माघ २९ गतेसम्म टिम तथा चैत ७स म्ममा खेलाडी दर्ता गरिसक्नु पर्ने एन्फाले जनाएको छ । एक टिममा २० खेलाडी राख्न पाइनेछ ।
लिग विजेताले १५ लाख रुपैयाँ, उपविजेताले १० लाख रुपैयाँ तथा तेस्रो हुनेले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।