२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

४७ जना महिलाले लिए हस्तकला सीपबारे तालिम


बिर्तामोड, पुस २७ । बिर्तामोडमा भएको हस्तकला सीप प्रबर्द्धनसम्बन्धी १५ दिने तालिमको समापन गरिएको छ ।

हस्तकला सीप प्रबर्द्धन कार्यक्रमअन्तर्गत मकैको खोस्टा तथा बाँसको चोयाबाट विभिन्न आकर्षक डिजाइनका फूल तथा ढाकी बनाउने १५ दिने तालिममा झापाका विभिन्न स्थानका ४७ जना महिलाको सहभागिता रहेको थियो ।

व्यापार तथा निकासी प्रबर्द्धन केन्द्र ललितपुरको आयोजना तथा चेम्बर अफ कमर्स झापाको सहआयोजनामा तालिम भएको हो ।

चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चेम्बर अफ कमर्स झापाका महासचिव प्रदिप खरेलले सञ्चालन गरेका थिए ।

कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरी, कमर्सका वरिष्ठ उपाध्यक्ष सुवास भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तालिमको प्रमुख प्रशिक्षकमा थापा र सहायक प्रशिक्षकमा रानु ठकुरी शाह रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer