२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

सुनचाँदी व्यवसायी संघ झापाद्वारा विद्यार्थीलाई न्यानो कपडा


बिर्तामोड, पुस २७ । चिसो बढ्दै गएपछि शरीर ढाक्ने न्यानो कपडा अभावमा रहेका विद्यार्थीलाई स्विटर र टोपी प्रदान गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघ झापाले विपन्न विद्यार्थीलाई एकएक थान स्विटर र टोपी प्रदान गरेको अध्यक्ष रमेश विश्वकर्माले जानकारी दिए ।

मौसम चिसिँदै जाँदा बालबालिकालाई समस्य परेको ठहर गर्दै संघले ७१ जना विद्यार्थीलाई स्विटर र टोपी वितरण गरेको हो ।

झापा बाह्रदशीको घोडामारा आधारभूत विद्यालयका अध्ययनरत विद्यार्थीलाई विद्यालयमै पुगेर संघले न्यानो कपडा लगाइदिएको थियो ।

न्यानो कपडा वितरण कार्यक्रममा व्यवसायीहरु सुवास धमला, धीरेन सेन्च्युरी, मुखीलाल बराइली, अभिषेक गहतराज, राजकुमार गुप्ता, विजय श्राफ, राजु पाठक, दिलबहादुर खाती, दिपक शाह लगायतको उपस्थिति रहेको थियो ।

संघले यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ । लकडाउनको समयमा खाद्यान्न वितरणदेखि नगद सहयोग संघले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer