२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कलवलगुरीमा निर्मल बान्तवा स्मृति फुटबल प्रतियोगिता हुने


बिर्तामोड, माघ २ । भद्रपुरको कलवलगुरीमा निर्मल बान्तवा स्मृति जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

राष्ट्रियस्तरका पूर्वफुटबल खेलाडी स्वर्गीय बान्तवाको सम्झनालाई जीवन्त राख्न भद्रपुर– १० स्थित कलवलगुरी समाजले यही माघ ७ गतेदेखि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता गर्न लागेको हो ।

समाजले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । ऐतिहासिक तथा प्राकृतिक सम्पदा बोकेको कलवलगुरीको खेल मैदान ओझेलमा पर्दै आइरहेको र जिल्ला स्तरमै खेलाडी उत्पादनमा मद्दत पुग्ने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको समाजका अध्यक्ष बाबुराम पराजुलीले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख खर्च हुने अनुमान गरिएको छ । स्वर्गीय बान्तवाका भाइ निशान बान्तवाले प्रथम पुरस्कार बापत एक लाख ५१ हजार दिएका छन् ।

भद्रपुर नगरपालिकाले एक लाख सहयोग गर्न उनले बताए । माघ १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित आठवटा टिमको सहभागी रहने आयोजक समितिका मित्र बस्नेतले जानकारी दिए ।

आयोजक कलवलगुरी समाज, दमक ट्रेनिङ सेन्टर, सैनिक फुटबल क्लब, केके फुटबल क्लब पृथ्वीनगर, शनिश्चरे फुटबल क्लब, जलथल फुटबल क्लब, बिर्तामोड युनाइटेड फुटबल क्लब र काँकरभिट्टा ट्रेनिङ सेन्टरले प्रतियोगितामा भाग लिने उनले बताए ।

विजेता टिमलाई १ लाख ५१ हजार, उपविजेतालाई ७५ हजार प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट खेलाडी, गोलकिपर, फेयर प्ले, म्यान अफ द म्याच र म्यान अफ द सिरिज हुने खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघ अध्यक्ष भगीरथ आले मामाले समाज र प्रतियोगिताको लोगो सार्वजनिक गरेको कार्यक्रमको सञ्चालन आयोजक समितिका सरोज काफ्लेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer