२०८२ बैशाख २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एक्सेल डेभलपमेन्ट बैंकको कर्मचारी संघमा लोहनी


बिर्तामोड, माघ ८ । नेपाल वित्तीय संस्था कर्मचारी संघ एक्सेल डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः गोपाल लोहनी चयन भएका छन् ।

संघको तेस्रो महाधिवेशनले लोहनीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । झापाको बिर्तामोडमा भएको महाधिवेशनले लोहनीलाई आगामी चार वर्षे कार्यकालको लागि अध्यक्ष चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा भागवत ढुंगाना चयन भएका छन् । ढुंगाना यसअघि कार्यबाहक अध्यक्ष थिए । नविन संग्रौला र यामनाथ पौडेल उपाध्यक्ष रहेको नवनिर्वाचित कमिटीमा राजशंकर झा महासचिव चयन भएका छन् ।

त्यस्तै, उपमहासचिव राजन ढकाल र कोषाध्यक्ष गजेन्द्र ढकाल नयाँ कमिटीमा आएका छन् । सदस्यहरुमा निशा ओली आचार्य, निरज ढुंगाना, चन्दना भण्डारी र तेजप्रकाश न्यौपाने रहेका छन् । अध्यक्षले दुई सदस्य मनोनयन गर्ने छन् ।

कार्यवाहक अध्यक्ष भागवत ढुंगानाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्ने अधिकांश वक्ताले बैंक व्यवस्थापन र कर्मचारीहरुको सहकार्यको उदाहरण एक्सेल बैंक भएको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघका प्रदेश अध्यक्ष राम भट्टराई, उपाध्यक्ष यामनाथ पौडेल, मार्केटिङ विभाग प्रमुख पंकज घिमिरे, मानव संशाधन विभाग प्रमुख श्यामबहादुर बोहरा, आन्तरिक लेखा प्रमुख महेशमान प्रधान, कर्जा असुली विभाग प्रमुख चन्द्रप्रसाद आचार्य, बिजनेस विभाग प्रमुख शिव गिरी, भवानी प्रसाई, होमबहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले ट्रेड युनियनले संस्थाको हितमा सोच्नु पर्ने धारणा राखेका थिए । उनले व्यवस्थापन र कर्मचारी दुई ध्रुवमा विभाजित हुन नहुने धारणा राख्दै बैंकिङ क्षेत्रका सुचकहरु पोजेटिभ नभएकाले सबै पक्षले यस समस्याको समाधान गर्नुपर्ने धारणा राखेका थिए ।

प्रदेश १ भरि विस्तार भएको यो बैंकका ४४ शाखा रहेका छन् । बैंकमा हाल २ सय ६८ कर्मचारी कार्यारत रहेका छन् । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त यो बैंकले पूर्वमा सफल बैंकको रुपमा पहिचान बनाएको छ ।

Adv footer