बिर्तामोड, माघ १२ । झापाको अर्जुनधारामा रहेको लंका रिसोर्टमा चर्चिच गायक नविन के भट्टराईको साथमा पूर्वयुवराज पारस शाह पनि उपस्थित भएका छन् ।
पूर्वको लोकप्रिय रेस्टुरेन्टको रुपमा युवा पुस्तामाझ लोकप्रिय रहेको लंका रिसोर्टमा गायक भट्टराईसँगै पूर्वयुवराज शाह पनि झुमेका थिए ।
पूर्वयुवराज शाह लंकामा रहेका भट्टराईका दर्शकसँगै करिब तीन घण्टा गीतमा रमेको लंकाका सञ्चालक गोपाल पोखरेलले जानकारी दिए ।
गायक भट्टराईले अतृप्त ब्यान्डसँग झन्डै चार घण्टासम्म मनोरञ्जन दिएका थिए ।