२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुर झापा गोल्ड कपमा निजी विद्यालयका विद्यार्थीलाई पनि शुल्क नलाग्ने


भद्रपुर, माघ १२ । पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपमा निजी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि प्रवेश निःशुल्क गरिने भएको छ ।

गोल्ड कप आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार नगर क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीसँगै निजी तथा संस्थागत विद्यालयका विद्यार्थीलाई पनि खेल हेर्दा शुल्क लाग्ने छैन ।

यसअघि भद्रपुर नगर क्षेत्रका सरकारी विद्यालयका विद्यार्थीले रंगशाला प्रवेश गर्दा शुल्क नलाग्ने घोषणा गरिएको थियो ।

महासचिव जीवनकुमार श्रेष्ठका अनुसार विद्यालयले आलोपालो गरेर प्रतियोगिताका बेला विद्यार्थी पठाउनुपर्ने छ ।

सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई खेलकुदसँग जोड्न सहज होस् भनेर प्रवेश निःशुल्क गरिएको सल्लाहकार टिकाराज ढकालले बताए ।

भद्रपुर नगरपालिकामा सबै तहका गरेर ३१ वटा सामुदायिक र २९ संस्थागत विद्यालय रहेका छन् ।

यसैबीच, प्रतियोगिताका सबै खेलमा विशेष परिस्थितिका नागरिकलाई प्रवेश निःशुल्क गरिने भएको अध्यक्ष ढकालले बताए ।

त्यस्तै, नगरभित्रका ज्येष्ठ नागरिक (६८ वर्ष माथि) तथा फरक क्षमता भएका नागरिकलाई पनि प्रवेश निःशुल्क गरिएको ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer