२०८२ जेठ २६ सोमबार
Jhapa Today
Adv top

धुलाबारी जेसीजको पद हस्तान्तरण, अध्यक्ष राजवंशीले गरे पदभार ग्रहण


बिर्तामोड, माघ १६ । धुलाबारी जेसीजको ४३ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धुलाबारी टाउनहलमा धुलाबारी जेसीजको ४३ औँ पद हस्तान्तरण र जुनियर जेसीजको पाँचौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

सन् २०२३ का लागि अध्यक्षमा योगेश राजवंशी सर्वसम्मत चयन भएका थिए । त्यस्तै, कार्यकारिणी उपाध्यक्ष भूमि पौडेल र मन्जिल रसाइली, उपाध्यक्ष आशिष पौडेल, शिशिर पोखरेल, सुलभ भण्डारी र श्याम सिवाकोटी चयन भएका थिए ।

त्यस्तै, अध्यक्ष राजवंशीले महासचिवमा मनोज ढकाल, कोषाध्यक्षमा डिल्लीराम भण्डारी, कानुनी सल्लाहकारमा खेमराज निरौला, सचिव शैलेश गौतम, तालिम संयोजक विकास खड्का, सञ्चार संयोजकमा विनिशा शर्मा र जनसम्पर्क अधिकारीमा निश्चल पौडेललाई नियुक्त गरेका छन् ।

वर्ष २०२२ का अध्यक्ष रविन पाठकले अध्यक्ष राजवंशीलाई सपथ गराएका थिए भने वर्ष २०२३ का अध्यक्ष राजवंशीलाई पूर्वअध्यक्षहरुले जेसीज अध्यक्षीय चेन पहिर्याएर जिम्मेवारी सुम्पिएका थिए ।

त्यस्तै, जुनियर जेसीजको अध्यक्षमा आर्यन पौडेल सर्वसम्मत चयन भएका थिए । त्यस्तै, कार्यकारिणी उपाध्यक्षमा विवश न्यौपाने र राहुल रौनियार, उपाध्यक्षमा हिमाल राजवंशी, मन्जिल लावती, मदन चिमरिया, अभिषेक शाह रहेका छन् ।

अध्यक्ष भण्डारीले महासचिवमा रुक्सना शिवाकोटी, कोषाध्यक्ष विष्णु चिमरिया, कानुनी सल्लाहकार सृजित ढुङ्गाना, सहसचिव स्वस्तिका चिमरिया, तालिम संयोजक राकेश शाह, सञ्चार संयोजक सुष्मा तामाङ, जनसम्पर्क अधिकारी पूजा अधिकारी, फेलोसिप संयोजक श्रेया खतिवडा र पुनर्मिलन संयोजक विशाल चौधरीलाई नियुक्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा प्रमुख अतिथि रहेको कार्यक्रमको विशिष्ट अतिथि नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष (धुलाबारी शाखा निरुपित) अनुप सुनुवार, नेपाल जेसीजका पूर्वराष्ट्रिय अध्यक्ष चरण प्रसाईं, नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्य, मेचीनगर लेडी जेसीजको संस्थापक अध्यक्ष कविता शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका संयोजक आशिष पौडेलले स्वागत गरेको कार्यक्रममा मिसन भिजन र आस्था वाचन शैलेश गौतमले गरेका थिए ।

Adv footer