भद्रपुर, माघ १६ । भद्रपुर जेसीजको ४७ औँ पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान भव्य रूपमा सम्पन्न गरिएको छ ।
भद्रपुर जेसीजका सन् २०२२ का अध्यक्ष मनोज भट्टराईको अध्यक्षता तथा उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्यमा ४७ औँ पद हस्तान्तरण गरिएको हो ।
सन् २०२२ का अध्यक्ष मनोज भट्टराइले सन् २०२३ का अध्यक्ष युवराज न्यौपानेलाई माइनट बुक र गलाको चेन प्रदान गर्दै जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
भाषासेवी चूडामणि रेग्मीलाई उत्कृष्ट नागरिक सम्मान गरिएको कार्यक्रममा प्रदेश सांसद छविलाल चुडाल, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, पूर्व नगर प्रमुख जीवनकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा भद्रपुर झापा गोल्ड कपका अध्यक्ष तथा उद्योगी दिपेश ढकाल, पुरुषोत्तम अधिकारीलाई सम्मानस्वरुप मानर्थ सदस्यता प्रदान गरिएको थियो ।