२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

इष्ट होराइजनका एनसिसी क्याडेटद्वारा बृक्षरोपण तथा सरसफाइ


मेचीनगर, फागुन ११ । राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय र मध्य तालिम शिक्षालय अन्तर्गतका एनसिसी छात्रछात्राहरुले झापाको मेचीनगर रचित अम्दा अस्पताल र धुलाबारी स्वाथ्य चौकी परिसरमा सरसफाइ तथा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन् ।

इष्ट होराइजन अंग्रेजी माविका क्याडेट छात्रछात्राहरुले विभिन्न प्रकारका बिरुवा रोपेर सरसफाइ गरेका छन् ।

२०७५ सालदेखि एनसिसी कार्यक्रममा सहभागी भएको यस विद्यालयले राष्ट्रिय सेवा दलबाट दीक्षित विद्यार्थीहरुलाई विभिन्न जनचेतनामुलक र सामाजिक कार्यमा सहभागिता गराउँदै आएको विद्यालयका प्रिन्सिपल संजीव राइले जानकारी दिए ।

यस विद्यालयबाट हालसम्म सिनियर र जुनियर गरी १४४ विद्यार्थी पूर्वीतालिम शिक्षालय मोरङ यङशीला र मध्य पूर्वी तालिम शिक्षालय महोत्तरीबाट दीक्षित भइसकेको एनसिसी समन्वय शिक्षक विकास ग्वालले जानकारी दिए ।

युवाहरुमा अनशासन, बफादारिता, इमान्दारिता, व्याक्तित्व र क्षमता विकास गर्नुका साथै राष्ट्रभावको विकास गराउँदै विपद व्यवस्थापन गर्नका निम्ति युवा जनशक्ति तयार गर्नका निम्ति नेपाल सरकारले वर्ष नै देशभरि चारवटा शिक्षालयमार्फत एनसिसी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer