
बिर्तामोड, फागुन २७ । कोसी प्रदेशभरि कार्यक्षेत्र भएको झापाको एक्सेल डेभलपमेन्ट बैंकले डिजिटल भुक्तानीका अवसर र चुनौतीका विषयमा अन्तरक्रिया गरेको छ ।
प्रविधिको बढ्दो प्रयोगसँगै बैंकका कारोबारहरु डिजिटल माध्यममा जाँदा आइपर्ने समास्य र फाइदाका बारेमा आज बिर्तामोड अन्तरक्रिया गरिएको हो ।
अधिकांश बैंकहरु नगदरहित कारोबारमा गइरहेका बेला यसबाट आइपर्ने चुनौती र प्राप्त गर्न सकिने अवसरका बारेमा एफवान सफ्टका व्यापार विकास अधिकृतहरु रस्मिता पाठक र सृष्टि रेग्मीले सहजीकरण गरेका थिए ।

उनीहरुले कार्यक्रममा सहभागी एक्सेलका सबै शाखाका कर्मचारी तथा झापाका पालिकाका आइटी अधिकृतहरुसँग डिजिटल भुक्तानीका सम्बन्धमा अन्तरक्रिया गरेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलको अध्यक्षतामा भएको अन्तरक्रियामा कम्पयुटर एसोसिएसन नेपाल झापाका अध्यक्ष कृष्ण घिमिरे, झापा टुडे डटकमका सम्पादक हिमाल खरेल, कनकाईका आइटी अधिकृत खगेन्द्र मिश्र लगायतले शुभकामना व्यक्त गरेका थिए ।
एक सयजनाको सहभागिता रहेको सो अन्तरक्रियामा एक्सेलका आइटी विभागका समिर न्यौपानेले डिजिटल बैंकिंकका फाइदा र बेफाइदा, प्रकार, सेवाहरु तथा चुनौती र उपायहरुका बारे प्रस्ट पारेका थिए ।