२०८२ बैशाख २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापा जिल्ला उसु संघमा पुनः घिमिरे


बिर्तामोड, फागुन २८ । झापा जिल्ला उसु संघको अध्यक्षमा पुनः राजेन्द्र घिमिरे सर्वसम्मत चयन भएका छन् ।

आज झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा भएको भेलाले घिमिरेको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।

संघको उपाध्यक्षमा दिपेश ढकाल र जीवनकुमार श्रेष्ठ चयन भएका छन् । सचिवमा डम्बरबहादुर यादव, सहसचिवमा घनश्याम गुरुङ र कोषाध्यक्षमा शैलेस श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा निर्मल भट्टराई, भरत चौधरी, ओम अग्रवाल, निरज पराजुली, रमेश मिण्डा, युवराज संग्रौला, लोकबन्धु ढुंगाना, विमल आचार्य, ईन्द्र ओली, डा.रामबाबु खड्का, लय भण्डारी, रमेश पराजुली, सञ्जु भारती, मदन बुढाथोकी, तीर्थराज ढकाल, लक्ष्मीप्रसाद अधिकारी, इशुभ पाण्डे, तारा नेपाल र रमेश चौधरी सर्वसम्मत चयन भएका छन् ।

समितिका अध्यक्ष प्रशान्त भण्डारीको प्रमुख अतिथ्यता तथा संघका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको भेलाले नयाँ समिति गठन गरेको हो ।

Adv footer