२०८२ भदौ ३१ मंगलबार
Jhapa Today
Adv top

दशनामी समाजको केन्द्रीय अध्यक्षमा झापाका गिरी निर्वाचित


बिर्तामोड, चैत ६ । नेपाल दशनामी समाजको केन्द्रीय अध्यक्षमा झापाका गोविन्दविक्रम गिरी निर्वाचित भएका छन् ।

इटहरीमा भएको दशनामी समाजको छैटौँ राष्ट्रिय महाधिवेशनले झापाका गिरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

समाजको वरिष्ठ उपाध्यक्षमा तारा गिरी, केन्द्रीय उपाध्यक्षहरूमा तेजबहादुर पुरी (कोसी), सुरेश गिरी (मधेस), तुलसी गिरी (गण्डकी), गोपाल गिरी (लुम्बिनी), पार्वतीकुमारी गिरी (कर्णाली), हिमालय गिरी (सुदूरपश्चिम) चयन भएका छन् ।

त्यस्तै, महिला उपाध्यक्षमा ऋतु गिरी, खुला उपाध्यक्षमा हिमाल गिरी, सरस्वती गिरी, सुरेन्द्रबहादुर गिरी, सचिवमा अशोक गिरी, सन्तोष गिरी, जगतमोहन गिरी निर्वाचित भएका छन् ।

समाजको कोषाध्यक्षमा भक्तबहादुर पुरी निर्वाचित भएका छन् भने महासचिव भने पछि मनोनित गरिने अध्यक्ष गोविन्दविक्रम गिरीले जानकारी दिए ।

महाधिवेशनले दशनामी संन्यासी समुदायलाई आदिवासी जातिको रूपमा परिभाषित गर्न माग गरेको छ । महाधिवेशनले नौ बुँदे घोषणापत्र जारी गर्दै नेपालमा बसोबास गर्ने दशनामी संन्यासी समुदायलाई राष्ट्रिय समावेशी आयोगमार्फत थर सूचीकरण गर्न पनि माग गरेको छ ।

त्यस्तै, दशनामी जातिसँग सम्बन्धित पुरानो मौलिक परम्परा, गढी किल्ला, ऐतिहासिक स्थल, समाधि स्थल, मठमन्दिर, गुफा, संस्कृति, परम्परा, पुराना दस्ताबेज, शिलालेख, भाषा तथा धार्मिक पुरात्तात्विक महत्वका स्थलहरू आदिको व्यवस्थित रूपमा संरक्षण गर्न आवश्यक बजेट व्यवस्थाका लागि तीनै तहका सरकारलाई घोषणापात्र मार्फत समाजले ध्यानाकर्षण गराएको छ ।

घोषणापत्रमा दशनामी संन्यासी जातिको मौलिक संस्कार संस्कृतिको थप अध्ययन अनुसन्धान गरी संरक्षण गर्दै संस्कारगत एकरूपता कायम गर्न समाजका तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने उल्लेख छ ।

Adv footer