२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

धुलाबारी खानेपानीमा धनकाजीको प्यानल नै विजयी


मेचीनगर, चैत १९ । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा धनकाजी खत्री दाहाल निर्वाचित भएका छन् ।

आज साँझ सम्पन्न मतगणनामा खत्रीले एक हजार ३४९ मत ल्याए । त्यस्तै, अध्यक्षका उम्मेदवार रचिन्द्र श्रेष्ठले ८३२ र सन्तोष राजवंशीले ४४७ मत प्राप्त गरे ।

निर्वाचन समितिका संयोजक अशोककुमार पोखरेलका अनुसार खत्रीको प्यानलबाट उपाध्यक्ष पदमा हिमालय आङदेम्बेले एक हजार ३५० मत ल्याएर निर्वाचित भए ।

उनका प्रतिस्पर्धीहरु लक्ष्मी श्रेष्ठले ८३२ र प्रकाश श्रेष्ठले ३३६ मत मात्र प्राप्त गरे ।

सचिव पदमा उमानाथ (उमेश) सुवेदीले एक हजार १०३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धीहरु उमेश डाँगीले एक हजार २१ र ओमनाथ घिमिरेले ३९० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, सदस्यहरुमा अमर लिम्बूले १०२६, ज्ञानबहादुर विष्टले ९५३, कविन्द्र श्रेष्ठले १२०९, केदार खत्री (भान्जा) ले ११९७, नारायण भट्टराईले १०२७, सरोज खड्काले १०२५, धनमाया गौतम (पोखरेल)ले १३०१ र लिलादेवी गौतमले ९२० मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार पदाधिकारीमा ३३५ र सदस्यमा ३११ मत पत्र बदर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer