बिर्तामोड, चैत २५ । तेस्रो ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियन २०७९ को उपाधि मनोज सुवेदीले जितेका छन् ।
७५ केजी तौलका प्रतिस्पर्धी स्टे«न्ड जिमका उनले कोसी प्रदेशस्तरयि प्रचियोगितामा उपाधिसँगै नगद दुई लाख र मेडल प्राप्त गरे ।
आज बिर्तामोडको कृृष्णा चलचित्र हलमा सम्पन्न फाइनल स्पर्धामा सुवेदीले २५ जना खेलाडीलाई पछि पार्दै उपाधि हात पारेका हुन् । अन्तिम चरणमा उनले पाँचजना खेलाडीसँग प्रतिस्पर्धा गरे ।
तेस्रो संस्करणमा विभिन्न पाँचवटा तौल समूहअन्तर्गत ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी तौल समूहबाट ५–५ जना खेलाडी प्रतियोगी थिए ।
त्यस्तै, प्रतियोगितामा साविक विजेता रमेश कार्की दोस्रो भए । त्रिभुवन आर्मी क्लबका उनी ७५ केजी तौल समूहका प्रतिस्पर्धी थिए ।
६५ केजी तौल समूहका हर्कबहादुर राई तेस्रो भए । उनी ग्यालेक्सी फिटनेसका हुन् ।
६० केजी तौल समूहका अजय मल्लिक चौथो भए । उनले पथरी फिटनेसबाट भाग लिएका थिए ।
५५ केजी तौल समूहका प्रविन राजवंशी पाँचौँ भए । उनी फ्रि स्टाइल फिटनेसका हुन् ।
प्रतियोगितामा दोस्रो हुनेले एक लाख २५ हजार, तेस्रो हुनेले ७५ हजार, चौथो हुनेले ५० हजार र पाँचौँ हुने ३० हजार र मेडल पाए ।