२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

यी योगासन जसले अनुहारको चमक बढाउँछ


बिर्तामोड, चैत २६ । योगलाई शरीरको प्राकृतिक औषधि भन्दा फरक नपर्ला । शरीर स्वस्थ र आकर्षक बनाउने विभिन्न उपायमध्ये योग पनि एक हो । योगले शरीरलाई सक्रिय बनाउने, निरोगी बनाउने मात्र गर्दैन, अनुहारको चमक बढाउन पनि महत्वपूर्ण भूमिका खेल्छ ।

अनुहारमा चमक ल्याउन अहिले महँगो सौन्दर्य प्रसाधनको प्रयोग गरिन्छ, तर यसको सट्टा योग गरे फाइदा पुग्छ । शरीरको पहिलो आकर्षणको केन्द्र अनुहारको सुन्दरताका लागि दुई प्रणालीको भूमिका हुन्छ, रक्तसञ्चार प्रणाली र पाचनप्रणाली ।

दुवै प्रणालीमा केही कतै गडबड भयो भने त्यसको असर अनुहारमा पर्छ । मानसिक र भावनात्मक रुपमा मानिसमा के चलिरहेको छ, त्यो अनुहारबाट झल्किन्छ । केही कुराले ठेस पुग्दा मानिसको अनुहारको प्रतिक्रिया नै फरक हुन्छ । कोही निराश हुँदा अँध्यारो अनुहार भयो पनि भन्ने गरिन्छ ।

मानिस रिसाउँदा अनुहारको कान्ति हराउँछ भने हाँस्दा वा खुसी हुँदा चमक आउँछ । अनुहारमा प्राकृतिक चमक र निखारता ल्याउन शरीर स्वस्थ हुन जरुरी छ ।

केही यस्ता योगाभ्यास छन् जुन नियमित गर्दा अनुहारमा चमक ल्याउन मद्दत गर्छ ।

सूर्य नमस्कार

बिहान सूर्योदयभन्दा पहिला उठेर उदाएको सूर्यको (मधुर प्रकाश) लालीसँगै सूर्य नमस्कार गनुपर्छ । पूर्व फर्किएर पसिना नआउँदासम्म दैनिक सूर्य नमस्कारको दैनिक अभ्यास गर्नुपर्छ ।

पसिना नसुक्ने समयसम्म त्यही बसिरहने गर्नुपर्छ । यसले पूरा शरीरको व्यायाम हुने र रक्तसञ्चार प्रणाली राम्रोसँग सक्रिय हुने र लालीले दिने ऊर्जा शरीरले ग्रहण गर्न पायो भने ठुलो भूमिका हुन्छ ।

नाडी सोधन प्राणायाम

प्राणायामका अभ्यास पनि अनुहारको लागि थप ऊर्जा दिने अभ्यास हो । नाडी सोधन प्राणायाम शरीरमा भएको नाडी शुद्ध गर्नको लागि गरिन्छ । यसले शरीरमा भएको विकार हटाउन ठुलो भूमिका खेल्छ ।

कुम्बक अभ्यास

श्वासलाई पूरै बाहिर फाल्ने र श्वासलाई रोक्ने प्रक्रिया हो । कुम्बक अभ्यासले शरीरलाई बलियो बनाउन मद्दत गर्छ । यसको अभ्यासले अनुहारमा चमक र आत्मबल आउने, अनुहारलाई ऊर्जा भयो, प्रेरणाले ओतप्रोत भयो भने उसको आँखा, अनुहारको चमक आकर्षित पार्ने खालको हुने गर्छ ।

जलनेतिको अभ्यास

जलनेति प्रक्रिया योगको प्रमुख भाग हो । दैनिक जलनेतिको अभ्यास गर्नुपर्छ । यसले विकार हटाउन मद्दत गर्छ । जसले गर्दा शरीर र अनुहार दुवै स्फूर्त देखिन्छ । शारीरिक र भावनात्मक शुद्धिकरण गर्छ ।

ध्यान पनि अनुहारको लागि राम्रो अभ्यास मानिन्छ । ध्यानलाई योग निद्राको अभ्यास पनि भनिन्छ । सुतेर शवासनकै स्थितिमा ध्यान गर्ने गर्नुपर्छ । यसले मानसिक अन्तरद्वन्द्व हटाएर त्यसमा स्पष्ट बनाइदिन्छ र तनाव हट्दै गएपछि अनुहार स्वतः स्फूर्त हुन्छ ।

हलासन र सर्वांगासन

हलासन र सर्वांगासनले अनुहार र टाउकोमा रगतको प्रवाह बढाउँछ । परिणामस्वरूप अनुहारको छालामा निखारता ल्याउँछ । साथै, दुवै अभ्यासले डण्डीफोरबाट मुक्ति गराउन पनि मद्दत गर्छ ।

त्रिकोणासन

अनुहारको चमक बढाउन यो अभ्यास पनि निकै महत्वपूर्ण मानिन्छ । अनुहार र टाउकोमा रक्तसञ्चारमा वृद्धि गर्छ । अक्सिजनको अत्यधिक मात्रामा आपूर्तिले अनुहारको छालामा चमक वृद्धि गर्छ ।

भुजंगासन

ढाड र काँधमा देखिने कडापन घटाउन भुजंगासनले मद्दत गर्छ । यसले आराम दिएर मानिसको मनोदशालाई राम्रो बनाउँछ । जसले अनुहारलाई सुन्दर र लचिलो बनाउँछ ।

शिशुआसन

शिशुआसनले पनि टाउकोको भागमा रक्तसञ्चार बढाउँछ । जसले तनाव र थकावट हटाएर अनुहारमा चमक ल्याउँछ ।

अनुहार र शरीरकै मालिस पनि बेलाबखतमा गर्दा अनुहारमा प्राकृतिक चमक ल्याउँछ । त्यसबाहेक अनुहारको विशेष व्यायाम गर्न सकिन्छ ।

-अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer