बिर्तामोड, चैत ३० । झापा जिल्लास्तरीय अन्तरपालिका पुरुष कबड्डी प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा बिर्तामोडले मेचीनगरलाई हराउँदै उपाधि जितेको हो ।
प्रतियोगिताको आयोजना एमकेके बिर्तामोड र वीरता जेसीजले संयुक्त रुपमा गरेका हुन् । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा सन्तोष दास र सलमान मिया उत्कृष्ट खेलाडी भए ।
समापन कार्यक्रममा जेसीजका अध्यक्ष घनश्याम चौधरी, एकेकेका अध्यक्ष आकाश उप्रेती, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकी लगायतले विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गरे ।